Logo
७ भदौ २०८२, शनिबार

बा ! अचम्मको तिम्रो माया

अक्षरपाटी
२०८२ भदौ ७ , शनिबार १२:०८ मा प्रकाशित

o स्मारिका याेगी

बा ! तिम्रो माया त
अच्चमको रैछ !
मैले एउटा रहर गर्दा
तिमीले दश पुरा गरिदियौ।

चाहिएका कुरा तिमीले
आफूलाई समय बेचेर पनि किन्दियौ
म रिसाउँदा
तिमी हास्याै ।

टाढा भए पनि तिमी
मलाई फकाइरह्यै
भूगाेलदेखि पर हुँदा पनि तिमी
मनभरी सँगै बसिरह्याै

बा !
आफैलाई अभाव होस
मलाई सबै थोक पुगायौ
बा !
तीम्रो माया त
अच्चमको रैछ।

(कक्षा ८, मार्बलस इङ्लिस बाेर्डिङ स्कुल, मैतीदेवी)

कविता मार्बलस इङ्लिस बाेर्डिङ स्मारिका योगी
यो पनि हेर्नुहोस् : राधा-राधा !