Logo
७ पुस २०८२, सोमबार

प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा निर्वाचन कानुनबारे छलफल हुने

अक्षरपाटी
२०८२ पुस ७ , सोमबार १०:१२ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रतिनिधि सभा सदस्य निर्वाचनसम्बन्धी कानुन तथा व्यवस्थापनका विषयमा छलफल हुने भएको छ।

छलफलमा राजनीतिक दलका प्रतिनिधि तथा नागरिक प्रतिनिधिहरू सहभागी हुनेछन्।

छलफल कार्यक्रममा गृह मन्त्रालय र निर्वाचन आयोगले आ–आफ्नो प्रस्तुतीकरण गर्ने कार्यसूची रहेको छ। निर्वाचन कानुन, व्यवस्थापन प्रक्रिया तथा सुधारका सम्भावनाबारे केन्द्रित रहेर छलफल हुने बताइएको छ।

कार्यक्रम आज (सोमबार) दिउँसो १ बजे सिंहदरबारमा हुनेछ।