Logo
१९ वैशाख २०८३, शनिबार

गोंगबुस्थित न्यूलाईफ आयुर्वेदमा दुईदिने निःशुल्क स्वास्थ्य शिविर

अक्षरपाटी
२०८३ वैशाख १९ , शनिबार ०१:०५ मा प्रकाशित

काठमाडौं। गोंगबुस्थित न्यूलाईफ आयुर्वेद प्रालिमा दुईदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ।

हिजो शुक्रबारदेखि सुरु भएको शिविर आज शनिबार बेलुकी ४ बजेसम्म सञ्चालन हुनेछ। शिविरमा सर्वसाधारणलाई लक्षित गर्दै विभिन्न स्वास्थ्य सेवा प्रदान गरिएको आयोजकले जनाएको छ।

शिविरमा अनुभवी डाक्टरहरूद्वारा निःशुल्क बिरामी जाँच तथा स्वास्थ्य परामर्श, सुगर र युरिक एसिड परीक्षण, मनोपरामर्श, योग तथा ध्यान सेवा प्रदान गरिएको छ। बिरामीहरुलाई केही औषधिहरू पनि निःशुल्क वितरण गरिएको आयोजकले बताएका छन्।

शिविरमा उपचारका लागि पुग्ने बिरामीलाई अकुपन्चर सेवा समेत निःशुल्क उपलब्ध गराइएको छ भने प्याथोलोजी ल्याब, क्षारसूत्र तथा थेरापी सेवामा ३० प्रतिशत छुट दिइएको छ। त्यस्तै मसाज, शिरोधारा र स्टिम बाथमा पनि ३० प्रतिशत छुटको व्यवस्था गरिएको छ।

शिविरमा पेट, हाडजोर्नी तथा नसासम्बन्धी, मलद्वार, मानसिक, छाला, यौनजन्य तथा नाक-कान-घाँटीसम्बन्धी रोगहरूको उपचार तथा परामर्श दिइएको छ। विशेषगरी पायल्स, फिस्टुला, फिसर, ग्यास्ट्रिक, हाडजोर्नी तथा मानसिक समस्याका बिरामीहरूलाई लक्षित गरी सेवा प्रदान गरिएको आयोजकको भनाइ छ।

स्वास्थ्य शिविरको आयोजना एलसिके च्याप्पियन, एलसिके न्यू च्याम्पियन, एलसिके इभरग्रिन च्याम्पियन र न्यूलाईफ आयुर्वेद प्रालिको संयुक्त पहलमा गरिएको हो।

निःशुल्क स्वास्थ्य शिविर न्यूलाईफ आयुर्वेद प्रालि