



काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग ले बजार अनुगमनका क्रममा संकलन गरिएको नमूना परीक्षणमा डाबर हनी अखाद्य तथा न्यूनस्तरको पाइएको जनाएको छ।
विभागले सार्वजनिक गरेको सूचनाअनुसार बाराको जितपुर सिमरा उपमहानगरपालिका–२३ मा रहेको डाबर नेपाल द्वारा उत्पादन गरिएको महले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार तोकिएको मापदण्ड पूरा नगरेको पाइएको हो।
प्रयोगशाला परीक्षणबाट मह गुणस्तरहीन रहेको पुष्टि भएपछि विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ (२) बमोजिम उक्त उत्पादनको बिक्री–वितरण नगर्न तथा बजारबाट तत्काल फिर्ता गर्न कम्पनीलाई निर्देशन दिएको जनाएको छ।
विभागले उपभोक्तालाई पनि गुणस्तरहीन खाद्य वस्तुको प्रयोग नगर्न सचेत गराएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग डाबर हनी



