Logo
२९ असार २०८३, सोमबार

परिवार नियोजन संघको नेतृत्वमा जनकराज जोशी

अक्षरपाटी
२०८३ असार २८ , आईतबार ०७:०७ मा प्रकाशित

कैलाली । नेपाल परिवार नियोजन संघ, कैलाली शाखाको ३३औँ अधिवेशनबाट जनकराज जोशी अध्यक्षमा निर्वाचित भएका छन्।

शाखाको कोषाध्यक्षमा चिरञ्जीवी पाठक निर्वाचित भएका छन्। महिला सदस्यमा भगवती बडाल र भुवनेश्वरी मल्ल विजयी भएकी छन्।

त्यसैगरी, विशेषज्ञ सदस्यतर्फ कुश्मा जोशी (अपाङ्गता), सुभाषचन्द्र उपाध्याय (कानुन), रञ्जना जोशी (अर्थ) तथा कालीप्रसाद पडाल (प्रजनन स्वास्थ्य) निर्वाचित भएका छन्।

किशोर–युवा सदस्यमा मोनिका वड र श्रुति आचार्य निर्वाचित हुँदा युवा सदस्यमा रोशनी चौधरी चयन भएकी छन्।

नवनिर्वाचित कार्यसमितिले आगामी तीन वर्षसम्म परिवार नियोजन, प्रजनन स्वास्थ्य, यौन तथा प्रजनन अधिकार, किशोर–किशोरीमैत्री सेवा तथा समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धिका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।

जनकराज जाेशी
यो पनि हेर्नुहोस् : एक प्रेमिल यात्रा