Logo
२१ वैशाख २०८२, आईतबार

रेडक्रसद्वारा विभिन्न जिल्लामा ३० वटा एम्बुलेन्स हस्तान्तरण

अक्षरपाटी
२०७९ माघ २६ , बिहीबार ०३:०२ मा प्रकाशित

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले विभिन्न जिल्लास्थित रेडक्रसका निकायलाई ३० वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ।

रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ आईएफआरसीको आर्थिक सहयोगमा एम्बुलेन्स प्रदान गरिएको केन्द्रीय कार्यालयले जनाएको छ। एम्बुलेन्स खरिदका लागि प्रदान गरिएको आर्थिक अनुदान र खरिदमा लागेको विवरण भने खुलाइएको छैन।

काठमाडौंमा स्थानीय आवश्यकता पहिचान गरी ‘ख’ वर्गका एम्वुलेन्स खरिद गरी ३० जिल्ला स्थित रेडक्रसका निकायमार्फत सञ्चालन गर्ने गरी सम्वन्धित जिल्लाका प्रतिनिधिहरुलाई हस्तान्तरण गरिएको हो।

कार्यक्रममा रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका महासचिव जगन्नाथ चापागाईले एम्वुलेन्स हस्तान्तरण गरेका थिए।

१५ जिल्ला शाखाहरुमा हाल उपलव्ध भएका एम्बुलेन्सको स्तरीकरण गर्ने काम पनि सम्पन्न भएको रेडक्रसले जनाएको छ।

हस्तान्तरण गरिएका एम्बुलेन्सलाई प्रादेशिक स्तरमा स्थापना गरिएका प्रेसण केन्द्रमा आवद्ध गरी १०२ नम्बरमार्फत सञ्चालन गरिने नेपाल रेडक्रस सोसाइटीले जनाएको छ।