Logo
१३ वैशाख २०८१, बिहीबार

चर्को ब्याजदरका विरुद्ध सुदूरपश्चिममा आन्दोलन

अक्षरपाटी
२०७९ फागुन १६ , मंगलबार ११:०२ मा प्रकाशित

धनगढी १६ फागुन। सँधै नाफामा गएको देखाउने तर ऋणीको ढाठड सेकिरहने बैंक तथा वित्तिय सँस्थाको व्यवहारप्रति सुदूरपश्चिम आन्दोलित भएको छ।

बैंक तथा वित्तिय सँस्थाले असुल्ने चर्को ब्याजदरका विरुद्ध सुदूरपश्चिम केही दिनदेखि असान्त बनेको छ।

यहाँका व्यापारी तथा व्यवसायिक संगठनहरु चरणवद्ध आन्दोलनमा छन्। उनीहरुले र्याली, जुलुस, कोणसभापछि बिहान ११ बजेसम्म बजार बन्द राखेर विरोध जनाइसकेका छन्।

आज दोस्रो दिन चर्को ब्याजदर विरुद्धको आन्दोलनका क्रममा यहाँका व्यवसायीले सुदूरपश्चिमका नौवटै जिल्ला प्रशासन कार्यालय अगाडि नाराजुलुस गरेका छन्। बैंकको व्याज एक अंकमा नझारिएसम्म चरणवद्ध आन्दोलन जारी रहने उद्योग वाणिज्य संघले जनाएको छ।

सुदूरपश्चिम