Logo
१८ वैशाख २०८३, शुक्रबार

ललितपुर–१ मा कांग्रेसका उदयशम्शेर जबराको फराकिलो अग्रतामा

अक्षरपाटी
२०८२ फागुन २२ , शुक्रबार ०८:०३ मा प्रकाशित

काठमाडौं । ललितपुर निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यतर्फ भइरहेको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार उदयशम्शेर जबरा फराकिलो अग्रतामा देखिएका छन्।

हालसम्मको गणनाअनुसार जबराले १५५१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले ७१० मत पाएका छन् भने नेकपा ९एमाले० का उम्मेदवार चेतनाथ सञ्जेलले ५९५ मत प्राप्त गरेका छन्।

त्यसैगरी नेकपाका सुनिल महर्जनले १६८ मत पाएका छन्।

मतगणना जारी रहेकाले आगामी परिणामसँगै मतान्तरमा थप परिवर्तन हुन सक्ने बताइएको छ।

नेपाली कांग्रेस

ट्रेन्डिङ ( साप्ताहिक )