काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १६.६८ अंकले घटेर २७०६.०४ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स १.६४ अंकले घटेर ४५६.५८ विन्दुमा पुगेको छ। दोहोरो अंकले घटेको सेयर बजारमा नेपाल माइक्रो इन्स्योरेन्सको सेयर ९.९९ प्रतिशतले बढ्यो। […]
काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले चैत २० गतेदेखि आन्दोलनरत शिक्षकहरूसँग तत्काल वार्ता थाल्न सरकारसँग माग गरेको छ। जनमत पार्टीले आइतबार विज्ञप्ति जारी गर्दै आन्दोलनत शिक्षकहरूसँग नेपाल सरकारले तत्काल वार्ता गरी न्यायोचित मागहरु सम्बोधन गर्न आग्रह गरेको हो। ‘नेपाल शिक्षक महासंघले २०८१ माघ २१ […]
काठमाडौँ । राप्रपाका नेताहरूले सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको छ। तीनकुने घटनाको न्यायिक छानबिन गर्नुपर्ने माग लेखिएका पम्प्लेट बोकेर प्रदर्शन गरेपछि प्रहरीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानबहादुर शाही लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरूलाई जिल्ला प्रहरी परिसरमा […]
काठमाडौं । सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर जबरालाई रिहा गर्ने निर्णय गरेको छ । सरकारले उपचारका लागि भन्दै जबरालाई रिहा गर्ने निर्णय गरेको गृहमन्त्रालय स्रोतले जानकारी दिएको छ । काठमाडौंको तीनकुनेमा २ जनाको ज्यान जाने गरी गत चैत १५ गते भएको राजावादीको प्रदर्शनपछि […]
काठमाडौं । चाँगुनारायण नगरपालिका, मण्डनदेउपुर नगरपालिका, बनेपा नगरपालिका र शंखरापुर नगरपालिकाले संयुक्त रुपमा ‘नगरकोट भ्रमण वर्ष–२०८२’ आयोजना गर्ने भएका छन्। शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी भ्रमण वर्ष र यसको तयारीबारे जानकारी गराइएको हो ।नगरकोटको बतासे डाडाँमा आयोजित भव्य समारोहमा राष्ट्रपति रामचन्द्र पौडलले […]
काठमाडौं । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसदीय समितिबाट पारित भएको छ। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले विधेयक पारित गरेको हो । समिति सभापति अम्मरबहादुर थापाले विधेयक समितिबाट पारित भएको बताए। विधेयकलाई समितिको प्रतिवेदनसहित चाँडै सदनमा लैजाने तयारी […]
नेपालको एक मात्र सिकार आरक्ष रहेको ढोरपाटन नेपालको चर्चित पर्यटकीय स्थल मध्ये एक हो । प्राकृतिक सुन्दरताले बेहुली झै सिँगारिएको ढोरपाटनले जो कोहिको मन लोभ्याउने गरेको छ । यहाँ बिशेषगरि ढोरबराहको दर्शन, प्राकृतिक सौन्दर्यमा रम्न र सिकारको लागि स्वदेशी तथा बिदेशी पर्यटक आउने गर्छन् । […]
सामाजिक सुरक्षा र सचेतनाका लागि ‘देउसी भैलो’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । सामाजिक सुरक्षा र सचेतना समेटिएको गीत गणेशबहादुर विष्ट र रमेश वरले निर्देशन गरेका छन । म्युजिक भिडियो ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । रमेश वरले लेखेको देउसीभैलो गीतमा गायक […]
काठमाडौं । हङकङमा जारी चारदेशीय टी–२० सिरिजमा नेपालले कुवेतलाई पराजित गरेको छ । सिरिजमा यो नेपालको लगातार दोस्रो जित हो । यसअघि नेपालले बुधबार कतारलाई ८ विकेटले पराजित गरेको थियो । कुवेतले दिएको १८६ रनको लक्ष्य पच्छ्याएको नेपालले ७ बल बाँकी छँदै ४ विकेटको क्षतिमा […]