
काठमाडाैं। नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी लगानीको जोखिमपूर्ण सूची (ग्रे लिस्ट)बाट बाहिर निस्कन सकेको छैन। फ्रान्सको पेरिसमा आयोजित फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को प्लेनरी तथा वर्किङ ग्रुप बैठकले नेपाललाई खैरो सूचीमै निरन्तरता दिएको हो। एफएटीएफले सम्पत्ति शुद्धीकरणको जोखिममा रहेका मुलुकलाई ‘ब्ल्याक लिस्ट’ तथा ‘ग्रे–लिस्ट’मा राख्दै […]
धनगढी। धनगढी उपमहानगरपालिकाले दुई अर्ब ६४ करोडभन्दा बढीको बजेट ल्याएको छ। आर्थिक वर्ष २०८३/८४ का लागि पालिकाको १५ औँ नगरसभा अधिवेशनमा नगर उपप्रमुख कन्दकला रानाले दुई अर्ब ६४ करोड ६४ लाख ६४ हजार बराबरको बजेट प्रस्तुत गरेकी हुन्। आइतबार रानाले चालुतर्फ एक अर्ब ४३ करोड […]


काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार ७६ जना सवारी चालक ट्राफिक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त कारबाहीबाट राज्यकोषमा १० लाख ५३ हजार ५१० रुपैयाँ राजस्व सङ्कलन भएको छ। कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक […]
काठमाडौं । रास्वपाको पहिलो महाधिवेशन आजबाट सुरु भएको छ । चितवनमा जारी प्रथम महाधिवेशनबाट पार्टीले नयाँ नेतृत्व चयन गर्नेछ । यसैबीच रास्वपालाई शुभकामना दिन पुगेका नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले सभापतिमा रवि लामिछाने सर्वसम्मत भइसकेको भन्दा हुने बताए । महाधिवेशनले नेतृत्व चयन गर्ने र राजनीतिक […]



महोत्तरी। नापी कार्यालय गौशालाले बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित नक्सासम्बन्धी सेवा अब अनिवार्य रूपमा ‘मेरोकिता’ प्रणालीमार्फत मात्रै प्रवाह हुने जनाएको छ। कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार बैंक तथा वित्तीय संस्थालाई प्रवाह हुने नक्सासम्बन्धी सेवा असार ८ गतेदेखि संस्थागत प्रयोगकर्ता मार्फत अनलाइन प्रणालीबाट सञ्चालन गरिने व्यवस्था गरिएको […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ। शुक्रबार बिहान बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको हो। बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालका अनुसार बिहान ८ बजे बसेको बैठकले परीक्षाफल सार्वजनिक गरेको हो। बोर्डका अनुसार नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। […]

काठमाडौं । स्वास्थ्य बिमा दाबी भुक्तानी अन्तर्गत स्वास्थ्य बिमा बोर्डले विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई थप ९१ करोड १८ लाख ९४ हजार भुक्तानी गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ। नयाँ सरकार गठनपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि स्वास्थ्य बिमा तथा […]



काठमाडाैं। शनिबारीय फुर्सद मनाउने क्रममा आज शनिबार प्रधानमन्त्री वालेन शाहले पूर्वी नेपालमा रहेकाे मकालु बेस क्याम्पको प्रचार गरेका छन्। उनले शन्दिप शर्माको भिडियो सेयर गर्दै उनले कसरी पूर्वी नेपालको दुर्गम हिमाली क्षेत्रमा अवस्थित मकालु–बरुण उपत्यका पुग्ने भनेर संक्षिप्त विवरण सार्वजनिक गरेका छन्। प्राकृतिक सौन्दर्य, जैविक […]


काठमाडाैं। सरकारले संघीय मन्त्रालयहरूको संख्या कटाैती गरेको छ। यसअघि २२ मन्त्रालय रहेकोमा वालेन शाह नेतृत्वकाे सरकारले त्यसलाई घटाएर १८ बनाउने निर्णय गरेको हाे। आज बसेको मन्त्रिपरिषद् बैठकले ‘नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३’ स्वीकृत गर्दै मन्त्रालयहरूको संख्या घटाउने निर्णय गरेको हो। प्रशासनिक सुधार र मितव्ययिता कायम […]
काठमाडौं । कुशल भुर्तेलको शानदार शतकको मद्दतमा नेपालले मलेसियासामु २७६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। एशियन गेम्सअन्तर्गत क्रिकेट छनोट प्रतियोगिताको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २७५ रन बनाएको हो। नेपालका लागि ओपनर कुशल भुर्तेलले आक्रामक ब्याटिङ […]