
धनुषा/झापा । तिहार लक्षित गरी भारतबाट भन्सार छली नेपाल भित्र्याइएका करिब २६ लाख ८७ हजार रुपैयाँ बराबरका फूल धनुषा र झापाबाट बरामद गरी नष्ट गरिएको छ। धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० देवपुराबाट सशस्त्र प्रहरीले १ लाख २४ हजार रुपैयाँ बराबरको १३० किलो सयपत्री र ३० किलो रजनीगन्धाको […]
दैलेख, २२ कात्तिक । दैलेखको ठाटीकाँध गाउँपालिका–४ धनकोटमा हँसिया प्रहार तथा कुटपिटबाट एकै परिवारका चार जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। स्थानीय बमबहादुर रावतले चन्द्रबहादुर पुन मगरको घरमै पुगेर हँसिया प्रहार तथा कुटपिट गरेको प्रारम्भिक जानकारी प्राप्त भएको […]
काठमाडौं । सरकारले सार्वजनिक खरिद प्रक्रियामा आबद्ध श्रमिकको सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिक सुनिश्चित गर्न नयाँ कार्यविधि लागू गरेको छ। पूर्वाधार विकास मन्त्रालयले ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिक (पारिश्रमिक तथा सामाजिक सुरक्षा) कार्यविधि, २०८३’ जारी गर्दै सार्वजनिक खरिदअन्तर्गतका काममा संलग्न श्रमिकका लागि सामाजिक सुरक्षा अनिवार्य गरेको […]

सुर्खेत । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले महिला उद्यमीका समस्या समाधानका लागि योजनाबद्ध पहल गर्ने बताएकी छन्। सुर्खेतस्थित लघु औद्योगिक ग्राममा सञ्चालित महिला उद्यमीका व्यवसायको अवलोकन गर्दै मन्त्री बादीले उद्यमीका समस्या, चुनौती र आवश्यकताबारे प्रत्यक्ष जानकारी लिएकी हुन्। […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद (डीपी) अर्यालले भेटवार्ता गरेका छन्। सभामुखले संसद्को अधिवेशन आह्वान, संसद् सञ्चालन तथा आगामी अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) सम्मेलनका विषयमा जानकारी गराएको उनको सचिवालयले जनाएको छ। राष्ट्रपति भवनमा भएको भेटमा सभामुख अर्यालले सङ्घीय संसद्ले आयोजना गर्न लागेको आईपीयूअन्तर्गत दिगो विकाससम्बन्धी […]

काठमाडौं । ग्लोबल आइएमई बैंकले काठमाडौंको उत्तरढोकामा अत्याधुनिक कर्पोरेट भवन निर्माण गर्ने भएको छ। बैंकको संस्थागत विकास र भविष्यको आवश्यकतालाई लक्षित गर्दै निर्माण हुन लागेको १२ तले भवनको शुक्रबार विधिवत् भूमिपूजा गरिएको छ। करिब १ लाख ४६ हजार वर्गफिट क्षेत्रफलमा निर्माण हुने यो भवन बैंकको […]
धनगढी । भारतको लखनउमा आयोजना हुने पाँचौँ कन्कर्ड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा धनगढीको सिसिएक स्कुलले सहभागिता जनाउने भएको छ। यहि नोभेम्बर २ देखि ६ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागीताका लागि विद्यालयका खेलाडीहरूलाई शनिबार बिदाई गरिएको छ। विद्यालयका प्लस टु कार्यक्रम संयोजक अमृत श्रेष्ठ र व्यवस्थापक अभिषेक […]

काठमाडौं। मानसिक स्वास्थ्य र आत्महत्या रोकथामलाई प्राथमिकतामा राख्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सञ्चारकर्मीलाई आत्महत्यासम्बन्धी जिम्मेवार मिडिया रिपोर्टिङका लागि अभिमुखीकरण प्रदान गरेको छ। राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र (NHEICC) को आयोजनामा सोमबार काठमाडौंको टेकुस्थित राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा ‘आत्महत्यासम्बन्धी जिम्मेवार मिडिया रिपोर्टिङ अभिमुखीकरण […]




काठमाडौं । नेपालको मौलिक संस्कृति, आध्यात्मिक परम्परा, प्राकृतिक सम्पदा र जीवनशैलीलाई विश्व बजारमा स्थापित गरेर वेलनेस पर्यटनको विशिष्ट गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा अन्तर्राष्ट्रिय वेलनेस विज्ञ तथा पर्यटन क्षेत्रका सरोकारवालाले जोड दिएका छन्। सन् २०२७ लाई नेपाल वेलनेस पर्यटन वर्षका रूपमा प्रवर्द्धन गर्ने तयारी भइरहेका बेला […]


काठमाडौँ। सरकारले विभिन्न सरकारी कार्यालयहरूमा सेवाग्राहीहरूले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन र सेवा प्रवाहलाई सूचना प्रविधिमैत्री बनाउन महत्त्वपूर्ण कदम चालेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ स्वीकृत गरी देशैभरका सरकारी निकायहरूमा यसको प्रभावकारी कार्यान्वयनका […]
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्। खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ। यसपछि साँझ ४ः३० बजे चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ। कर्णालीले हालसम्म खेलेका […]
